FAQs Complain Problems

समाचार

निसीखोला गाउँपालिकाको संक्षिप्त परिचय

गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक निसीखोला गाउँपालिका साविकका ४ गा.वि.स हरु ( देवीस्थान, बोहोरागाउँ, निसी र राजकुत) मिलेर ७ वटा वडाको एउटा गाउँपालिका बनेको छ। समुन्द्रि सतहबाट ८८९ देखी ४००० मिटर सम्मको उचाईमा फैलिएको यस गा.पा. को कुल क्षेत्रफल २४४.३७ वर्ग कि.मी. रहेको छ । पुर्वि देशान्तर ८२‍‌ डिग्री ५३ मी देखी ८२‍३ डिग्री १० मी र उत्तर अक्षाश‌ं २‍‌८ डिग्री २८ मी देखी २८ डिग्री १७ मी मा फैलिएको यस गाउँपालिकाको कुल जनसङ्ख्या २३,३०० र कुल घरधुरी ४,८९३ रहेको छ ।

निसीखोला गाउँपालिकाको विस्तृत विवरण

क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
देवीस्थान(१-५) ३७३९ २९.५९
देविस्थान(६-९) ३९१२ १२.०६
बोहोरागाउँ(१-५) ३१३१ २८.६५
बोहोरागाउँ(६-९) २७७२ २४.७५
निसी(१-४) ३५१४ ४७.७२
निसी(५-९) ३५४३ ८०.४
राजकुत(१-९) २६८९ २१.२
  जम्मा   २३३०० २४४.३७